सिरहाका एसपी पण्डितको जिम्मेवारी खोसियो, हेडक्वाटरमा तानिए

काठमाडौं । काण्डै काण्ड लागेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित कारबाहीमा परेका छन् ।
कारबाही स्वरुप सिरहा प्रहरीको जिम्मेवारी खोसेर एसपी पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं तानिएको छ ।
एसपी पण्डितलाई हेडक्वार्टर तानेर सिरहा प्रहरीको जिम्मेवारी एसपी अनन्तराम शर्मालाई दिइएको छ । एसपी शर्मा तनहुस्थित प्रहरी गणमा कार्यरत थिए ।
सिरहाका प्रहरी प्रमुख (एसपी) पण्डितलाई हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन । एसपी पण्डितविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले तानिएको प्रहरी स्रोतले जनाएको छ । एसपी पण्डितविरुद्ध तस्करलाई संरक्षण गरेको, शान्ति सुरक्षा बनाउन नसकेको, दलित परिवारको घर भत्काउँदा समेत कुनै जिम्मेवारी बहन नगरेको लगायतका आरोप छन् ।
यसअघि गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानेको थियो । महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया