लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा आईजीपी थापा, डीआईजी कार्कीद्वारा स्वागत

मसुरिया । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङको निरीक्षण भ्रमण गर्नुका साथै माहतलाई निर्देशन दिएका छन् ।
मंगलबार आईजीपी थापा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर आएका हुन् । आईजीपी थापालाई लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) दानबहादुर कार्कीले स्वागत गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरीले गरेका कार्यसम्पादनहरूका बारेमा जानकारी गराएका हुन् ।
आईजीपी थापाले नेपाल प्रहरीको उच्च सम्मान हुने गरि जनताको सेवा गर्न निर्देशन दिएका छन् । शान्ति सुरक्षा, दैविक प्रकोपहरू नियन्त्रण र उद्धार लगायतमा विशेष ध्यान दिन थापाले निर्देशन दिएका छन् । निरीक्षण भ्रमणका क्रममा बागमती प्रदेश प्रहरीका प्रमुख (डीआईजी) कृष्णहरि शर्माको पनि उपस्थिति रहेको थियो ।





बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया