काण्डैकाण्ड लागेका कुलमानलाई माओवादीले काँधमा बोक्यो, सदन अबरोध

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्थमा परेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर बचाउ गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमा समय लिएर बोल्दै माओवादीका सांसद शक्तिबहादुर बस्नेतले कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता लिन माग गरे । उनले कुलमान घिसिङलाई हटाएको निर्णयबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री केपी आलीसँग माग गरेका छन् ।

माओवादीका सांसद बस्नेतले बोलेर सकेपछि माओवादी, रास्वपा, राप्रपासहितका प्रतिपक्षमा बसेका दलहरू आ–आफ्नो सिटमा उभिएर सदन अबरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीको जवाफ माग गरेका प्रतिपक्ष दलहरूले सदन अबरोध गरे । तर, प्रधानमन्त्रीलाई बोल्न समयका लागि पर्खिन सकेनन् । उनीहरूले पूर्वाग्रही भएर सदन अबरोध गरेका छन् ।

कुलमान घिसिङ विभिन्न काण्डैकाण्डमा परेका छन् । काण्डैकाण्ड लागेपछि सरकारले पटक पटक स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएपछि बर्खास्थ गरेर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको छ ।

कुलमानलाई माओवादीले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । दुई कार्यकाल कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाएको विरोधमा माओवादीले प्रतिपक्ष दलहरूलाई उचालेर कुलमानको पक्षमा बोल्न लगाएको छ ।

Published : Wednesday, 2025 March 26, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया