पत्रकारहरूलाई सामूहिक बदनाम गर्ने कार्य रोक्न आग्रह, अन्यथा कानूनी कारबाहीमा जाने

रौतहट । समाजिक संजालमा पत्रकारहरूलाई सामूहिक बदनाम गराउने जोकोहीलाई कानूनी कारबाही गर्ने चेतावनी नेपाल पत्रकार महासंघ रौतहट शाखाले दिएको छ ।
महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर केही समयदेखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरूलाई सामूहिक रूपमामा बदनाम गर्ने गरि केही व्यक्तिहरूले अशिष्ट भाषाको प्रयोग गरि तथानाम लेख्ने गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले भने, ‘कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिवीलाई लिएर सिङ्गो सन्चरकर्मीहरूलाई बदनाम गर्ने काम हुनुहुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पूर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय छ ।’ यस्ता कार्य गर्नेलाई कानूनी कार्वाहीका लागि पहल गर्ने विज्ञप्तिमा भनिएको छ ।
समाजिक संजालमा बिना प्रमाण पत्रकारहरूलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालीगलौज गर्ने कार्य भएमा त्यसविरुद्ध कानूनी कार्यवाहीमा जान बाध्य हुने रौतहट शाखाले जनाएको छ ।
त्यस्ता किसिमको घटनाहरूको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासंघले तोकेको पत्रकारअचार संहिताभित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
रौतहट शाखाको बुधबार बसेको बैठकले सह–सचिव दिनेश यादवलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष सन्जयकुमार कार्कीले बताएका छन् ।
समाचार लेखेकै भरमा समाचार लेख्ने पत्रकारहरूविरुद्ध केही उछृङ्खल समूहले चरित्रहत्या गर्ने लगायतका गतिविधि गर्दै आएका छन् । समाचारमा चित्त नबुझे कानूनी बाटोमा जाने प्रक्रियाहरू छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया