काण्ड लागेका कुलमान बाहिरिँदा गरिव जनतालाई ५० प्रतिशत छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।

कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपियाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको शाक्यले बताएका छन् । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

२० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब र साना ग्राहकहरूको हकमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णय भएको कार्यकारी निर्देशक शाक्यले बताएका छन् । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

विवादित र काण्डैकाण्डमा मुछिएका कुलमान घिसिङलाई सरकारले मंगलबार बर्खास्त गरेर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

Published : Wednesday, 2025 March 26, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया