झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरूबाट बचेर काम गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएका सबैलाई बधाइ दिएका हुन् ।
ओलीले प्रेस चौतारीको अधिवेशनले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरेका छन् ।
चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ ।
अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकांक्षीहरूले आफूूसँग भेट गरे पनि आफूूले कसैलाई कुनै पदमा राख्नुु भनेर नतोकेको बताए । उनले महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको बताए ।
झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरूबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनले सामाजिक सञ्जालको सही सदुुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराएका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा प्रेस चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी रहेका थिए ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया