नेपालमा पहिलो पटक हेरोईन भित्र्याउने ज्ञानेन्द्र, मलाई गोली हान्न लगाए : पदम ठकुराठी (भिडियाे)

काठमाडौं । पत्रकार पदम ठकुराठीले नेपालमा पहिलो पटक विदेशबाट लागुऔषध हेराईन भित्र्याउने व्यक्ति ज्ञानेन्द्र शाह भएको बताएका छन् ।

चार वर्ष अगाडि भृकुटी टिभीमा दिएको अन्तर्वार्तामा पत्रकार ठकुराठीले ज्ञानेन्द्र शाहले नै लागुऔषध हेरोईन नेपालमा भित्र्याएर बिकृति समाचार बनाएको बताएका छन् ।

पत्रकार ठकुराठीलाई तत्कालीन राजा वीरेन्द्र शाहले मन पराउँथेँ । वीरेन्द्रसँग निकट रहेका ठकुराठीले तत्कालीन सयममा ज्ञानेन्द्र शाह र धिरेन्द्र शाहको कर्तुतहरूका बारेमा निरन्तर समाचार प्रकाशित गर्दै आएका थिए ।

ठकुराठीले भनेका छन्, ‘त्यति बेला नेपालको कानूनमा राजपरिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा उनीहरूको अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज चेकिङ गरिनेछैन भन्ने कानून थियो ।’

‘त्यो कानूनको फाइदा उठाएर ज्ञानेन्द्र र धिरेन्द्र यहाँबाट पुराना मूर्तिहरू र चरस लिएर जान्थे विदेशमा । यहाँ त चेकिङ हुने कुरा भएन । बाहिर पनि मूर्तिको पनि केही अर्थ भएन । चरसको मात्रै हुन्थ्यो । उनीहरूले माफियाहरूसँग मिलाएका हुन्थे । त्यतैबाट काम गर्थे’ ठकुराठीले भने, ‘उताबाट आउँदा सुन र हेरोइन लिएर आउँथे ।’

अन्तर्वार्तामा ठकुराठीले भनेका छन्, ‘तपाईहरूलाई एउटा कुरा बताइदिन्छु । नेपालमा हेरोइनको बिक्रिती गराउने नै ज्ञानन्द्र हो । नेपालमा हेरोइन ल्याउने सुरुवात गराउने नै ज्ञानेन्द्र हुन् ।’

‘म चाहिँ एउटा स्वतन्त्र पत्रकार । मेरो विषयमा उनीहरू विरोधी । त्यही कारणले मलाई गोली हान्न लगाएका हुन् । यो २०४३ साल भदौ २० गतेको घटना हो । अघिल्लो दिन तीज थियो । हामी दर खाएर सुतेका थियौं । त्यसै दिन राति गोली हानेका हुन्’, ठकुराठीले भनेका छन् ।

अपराधिक पृष्ठभूमिका पूर्वराजा ज्ञानेन्द्र शाहले मेडिकल माफिया लगायतलाई उचालेर आफूलाई राजगद्दीमा फर्काउने आन्दोलन गर्न पैसाको खोलो बगाइरहेका छन् ।

Published : Thursday, 2025 March 27, 3:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया