नवराज-दुर्गाको पत्रकार सम्मेलनमा राजेन्द्र-ज्ञानबहादुर-कमलहरू आएनन्, आन्दोलनभित्र भाँडभैलो

काठमाडौं । पूर्वपञ्च नवराज सुवेदी र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाही अनुपस्थित भएका छन् ।
बिहीबार काठमाडौंमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पत्रकार सम्मेलन राखेको थियो । समितिका संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईं पत्रकार सम्मेलनमा हाबी देखिएका थिए ।
संयोजक सुवदीले प्रसाईंलाई आन्दोलनको कमाण्डरको जम्मेवारी दिएका छन् । प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै भाउ दिएपछि र आन्दोलनमा हाबी भएको भन्दै राप्रपाका अध्यक्ष लिङ्देन, प्रमुख सचेतक शाही र राप्रपा नेपालका अध्यक्ष थापा अनुपस्थित भएको नेताहरूले बताएका छन् ।
पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेता डा.प्रकाशचन्द्र लोहनी देखिएका थिए । तर, राप्रपाका अन्य नेताहरू देखिएनन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पत्रकार सम्मेलनमा देखिएनन् ।

सीमित पूर्वपञ्चहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा विवादास्पद मेडिकल व्यवसायी प्रसाईं हाबी देखिएका थिए ।
राप्रपाले आन्दोलनमा सरिक हुन आग्रह गरेको छ । तर, सक्रियतापूर्वक पत्रकार सम्मेलनमा राप्रपाका शीर्ष नेताहरूले उपस्थिति नदेखाएकोमा धेरै बिभिन्न खालका अड्कलबाजी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले संस्थालाई भन्दा पनि व्यक्तिलाई महत्व दिएका कारण राप्रपा र राप्रपा नेपालमा असन्तुष्टि बढेको हुन सक्ने चर्चा छ । मेडिकल व्यवसायी प्रसाईंले राजा ल्याउने आन्दोलन आफू एक्लैले हाँकेको दाबी गर्दै आएका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया