पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाका भाञ्जा रमेश भण्डारीको निधन

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाका भाञ्जा रमेश भण्डारीको निधन भएको छ ।
काठमाडौंको बुद्धनगरमा बस्दै आएका भण्डारीको बिहीबार दिउँसो निधन भएको नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले जानकारी दिएकी छिन् ।
अन्दाजी ७० वर्षीया भण्डारी आफ्नो घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको कांग्रेस नेतृ कोइरालाले बताएकी छिन् ।
स्व.रमेश भण्डारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । पोष्टमार्टमपछि रमेश भण्डारीको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम छ ।
रमेश भण्डारीले केही समय अगाडि मुटुको शल्यक्रिया गरेर स्वास्थ्य लाभ लिइरहेका थिए । अमेरिकामा रहेका डा.रितेश भण्डारीसँग बस्दै आएका रमेश भण्डारी केही समय अगाडि बुद्धनगरस्थित निवासमा आएका थिए । रमेश भण्डारीकी छोरी ऋचा भण्डारी छिन् । पत्नी प्रभा भण्डारीको निधन भइसकेको छ ।
तत्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्री स्व.सुशील कोइरालाका निकै निकटका सहयोगीका रुपमा रहेर रमेश भण्डारीले कांग्रेसमा काम गरेका थिए । रमेश भण्डारीको बुद्धनगरको निवासमा नै लामो समय सुशील कोइराला बसेका थिए ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया