निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको गाडीमा तोडफोड

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र तोड्न खोजेपछि तोडफोड भएको छ ।

शुक्रबार राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा दुर्गा प्रसाईंले ल्याएको बागमती ०२७ च ३६४७ नम्बरको गाडीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

राजसंस्था र हिन्दु राष्ट्रको माग गरेर राजावादीहरूले प्रदर्शन गरेका छन् । राजावादीहरूको आन्दोलन निकै उत्तेजित र हिंस्रक भइरहेको छ ।

Published : Friday, 2025 March 28, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया