राजावादीहरूले व्यक्तिको घरमा आगो लगाइदिए, सामान बाहिर निकालेर जलाए

काठमाडौं । अराजक, हिंस्रक र उत्तेजित बनेका राजावादीहरूले व्यक्तिको निजी घरमा तोडफोड गर्नुका साथै आगो लगाएर क्षति पु¥याएका छन् ।
शुक्रबार तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले शुरुमा निजी घरहरूमा तोडफोड गरेका छन् । त्यसपछि उनीहरूले घरभित्र प्रवेश गरेर आगो लगाउनुका साथै सामानहरू बाहिर निकालेर जलाएका छन् । राजावादीहरूले तीनवटा घरमा तोडफोड र आगजनी गरेका छन् ।
राजावादीहरूले आगो लगाएपछि घरमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीले सुरक्षित रुपमा बाहिर निकालेर उद्धार गरेको छ ।
घरमा जलाएर नपुगेपछि राजावादीहरूले ढुङ्गा समेत प्रहार गरेका छन् । अराजक, उत्तेजक र हिंस्रक राजावादीहरूको आन्दोलन नियन्त्रण बाहिर जान खोजेको छ ।
Published : Friday, 2025 March 28, 2:53 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया