अराजक राजावादीहरूले खोसे प्रहरीको हतियार, हिंस्रक बन्यो प्रदर्शन

काठमाडौं । अराजक, उत्तेजक र हिंस्रक प्रदर्शनमा उत्रिएका राजावादीहरूले प्रहरीको हतियार लुटेर लगेका छन्

शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर भिडतर्फ भागेका हुन् ।

राजावादीले खोसेको प्रहरीको हतियारमा अश्रुग्यास प्रहार गर्ने बन्दुक रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र विवादास्पद मेडिकल माफिया दुर्गा प्रसाईंको आदेशमा भइरहेको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मी र व्यक्तिका निजी घर जलाउने, तोडफोड गर्ने जस्ता हर्कत गरेका छन् । (तस्बिर सौजन्य अनलाइन खबर)

Published : Friday, 2025 March 28, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया