राजावादीको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते

काठमाडौं । ढुङ्गा, लठ्ठी बोकर लुकेर बसेका राजावादीहरूको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते भएका छन् ।

शुक्रबार राजावादी आन्दोलनका समर्थकले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् । उनीहरूको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् ।

राजावादीहरूको आक्रमणबाट केही सुरक्षाकर्मीको टाउकोमा गम्भीर चोट लागेको छ । केहीलाई चोटपटक लागेको छ ।

राजावादी समर्थकहरूको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगामुडा र आगजनी गरेका छन् ।

Published : Friday, 2025 March 28, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया