राजावादीहरूले हिंस्रक हर्कत गरेपछि कोटेश्वेर, तीनकुने, गौशाला क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौं । राजावादीहरूको आन्दोलन उत्तेजक, हिंसात्क र अराजक भएपछि शान्ति सुरक्षा बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गरेर बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जनाएका छन् । शुक्रबार ४ बजेर २५ मिनटदेखि शुक्रबार राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।

बानेशवर तीनकुने क्षेत्र अन्तर्गत गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको छ ।

Published : Friday, 2025 March 28, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया