तीनकुनेमा भएको झडपमा पूर्वराजा ज्ञानेन्द्रका समर्थक सविन महर्जनको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आन्दोलनमा झडपका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ ।

शुक्रबार तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले हिंसात्मक, अराजक र उत्तेजक प्रदर्शन गरेका थिए । सो क्रममा भएको झडपमा परेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।

शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रिजालले भने, ‘तीनकुने क्षेत्रमा भएको झडपको क्रममा एकजना कीर्तिपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २९ को सविन महर्जन मृत्यु भएको छ ।’

(तस्बिर दुर्गा प्रसाईंको फेसबुकबाट)

Published : Friday, 2025 March 28, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया