ज्ञानेन्द्रका समर्थकको आन्दोलनमा ३/४ हजार, समाजवादीको प्रदर्शनमा ३५ हजार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आन्दोलनमा ३/४ हजारको उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ३÷४ हजार समर्थक जम्मा भएको बताए ।
सहसचिव रिजालले समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको हाराहारीमा मानिसहरू जम्मा भएको बताएका छन् ।
दुबैतर्फ ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको सहसचिव रिजालले बताए ।
तीनकुनेको प्रदर्शनमा पूर्वराजा शाहका समर्थकहरू सोँचेअनुसार उपस्थिति नभएपछि आन्दोलनका कथित कमाण्डर विवादास्पद मेडिकल व्यापारी दुर्गा प्रसाईंले हिंसा भड्काएर आफू सुरक्षितस्थलतर्फ भागेका थिए ।
आफैले गाडी चलाएर प्रसाईंले निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेका थिए । प्रहरीले उनलाई रोक्न खोजेको थियो । तर, प्रहरीलाई अपशब्द बोल्दै प्रसाईंले पूर्वराजा शाहका समर्थकलाई बोलाएर प्रहरीमाथि आक्रमण गर्न उत्तेजित बनाएको भिडियोमा देखिएको छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया