ज्ञानेन्द्रको निर्देशनमा भएका हिंसाकाे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा मतियारहरूले तीनकुने क्षेत्रमा हिंसा गरेपछि प्रतिनिधि सभाको बैठकमा जानकारी गराउने भएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी, शीर्ष नेता र पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री लेखकले संसदमा तीनकुने हिंसाका विषयमा जानकारी गराउने बताएका हुन् ।
बैठकमा गृहमन्त्री लेखकले राखेको धारणा उदृत गर्दै कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘त्यसको विषयमा सरकारबाट संसदमा गृहमन्त्रीज्यूले पनि राख्नु होला । प्रधानमन्त्रीज्यूको तर्फबाट पर्सी संसदमा बोल्ने कुरा छ । यो विषयमा कुरा आउला नै ।’
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएको राप्रपाले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी सरकारले लिनुपर्ने भनेर दिएको प्रतिक्रियाको आलोचना गरेको छ ।
‘यो सरासर भ्रम सिर्जना गर्ने कोशिष हो । सामाजिक सञ्जालको जमाना संसारले देखिसकेको छ’, डा.महतले भने, ‘कुनै लुकाएर, छिपाएर भ्रम सिर्जना गर्ने कोशिष गर्छ त्यो भ्रम सिर्जना हुनेवाला छैन । त्यसमा वहाँहरू स्पष्ट भए हुन्छ ।’
राप्रपाले प्रहरीले मञ्चमा अश्रुग्यास प्रहार गरेको म्याद गुज्रिएको अश्रुग्यास हानेको भनेर आरोप लगाएको छ नि ? भन्ने प्रश्नको जिज्ञासामा प्रवक्ता डा.महतले भने, ‘त्यो अश्रुग्यासबारे गृहमन्त्रीज्यूबाट डिटेलमा सुन्यौँ । अश्रुग्याँस वहाँहरूले गरिरहेको त्यो सभा भनेको चौरभित्र तीनकुनेमा गर्ने भनिएको कुनै अश्रुग्यास त्यहाँ प्रहार गरिएकै छैन । वहाँहरू सभा गर्ने बहाना मात्रै, सिधै आक्रमण गर्ने किसिमबाट प्रसाईंले गाडी नै जबरजस्ती लैजानु भएको छ ।’
‘सुरक्षाकर्मीलाई नै किच्न खोज्दै लगेको दृष्य सार्वजनिक छ । सरकारको तर्फबाट अश्रुग्यास सभामा फालिएको छैन । पछि जब आगजनी, तोडफोड जसरी अगाडि बढाए त्यसपछि मात्रै अश्रुग्यास प्रहार भएको कुरा गृहमन्त्रीज्यूले राख्नुभएको छ’, कांग्रेसका प्रवक्ता डा.महतले भने ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया