ज्ञानेन्द्रले किन रोज्छन् वीरन्द्रको वंशा नास भएकै दिन शुक्रबार ?

काठमाडौं । ज्ञानेन्द्र शाहलाई आफ्नै दाई तत्कालीन राजा वीरेन्द्र शाह र उनको वंश नाश गरेको अभियोग सेलाउन पाएको छैन ।
वीरेन्द्रको वंश नाश भएको नेपाली जनताले भुलेका छैनन् । जनताको ठूलो विरोध र आक्रोश हुँदाहुँदै नेपाली कांग्रेससहितका दलहरूले तत्कालीन समयमा ज्ञानेन्द्रलाई राजगद्दीमा पुर्याएका थिए । कांग्रेसले त्यो बेला ढुङ्गामुढा खानु परेको थियो । ज्ञानेन्द्रलाई राजगद्दीमा पुर्याएको मूल्य कांग्रेसले पटक पटक चुकाएको छ ।
ज्ञानेन्द्र राजा बनेर आउनेवित्तिकै ‘कु’ गरेर शासन व्यवस्था आफ्नो हातमा लिए । ज्ञानेन्द्र आउनेवित्तिकै सबैभन्दा पहिला तत्कालीन समयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरेर कांग्रेसमाथि धावा बोले । नागरिकको अधिकार खोसे । टेलिफोन, इन्टरनेट सबै बन्द गरे । राजनीतिक दलका नेताहरूलाई पक्राउ गरे । बोल्न, हिँडडुल गर्न, लेख्न सबै प्रतिबन्ध लगाए ।
बाध्य भएर राजनीतिक दलहरूको नेतृत्वमा ०६२÷६३ को जनआन्दोलनबाट ज्ञानेन्द्रलाई सत्ताच्युत गर्नु परेको थियो । सत्ताच्युत भएका ज्ञानेन्द्रलाई फेरि राजगद्दीमा फर्किने हुटहुटी बढेर गएको छ । राजगद्दीमा फर्किन ज्ञानेन्द्रले आफ्नै जस्तो बुद्धि भएका दुर्गा प्रसाईं जस्ता अपराधिक र धुन्दुकारी बुद्धि भएका व्यक्तिलाई रोजे । कमाण्डर बनाएर जिम्मेवारी दिए ।
ज्ञानेन्द्रले तीनकुनेमा गराएको हिंसाले उनको राजा बन्ने चाहना कुनै पनि हालतमा पूरा हुने अवस्था छैन । हुने पनि छैन । राजगद्दीमा फर्काकाउँछु भन्ने कमाण्ड प्रसाईं नै फरार भएका छन् । यो जुनीमा ज्ञानेन्द्र कमसेकम पनि राजागद्दीमा फर्किने छैनन् ।
राजगद्दीमा फर्किन ज्ञानेन्द्रले राप्रपा जस्तो जनताले पत्याएको पार्टीलाई जिम्मेवारी दिएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशम्शेर राणा, बुद्धिमान तामाङ, ज्ञानबहादुर शाहीहरूलाई विश्वास गरेनन् । बरु विवादास्पद छविका प्रसाईंलाई विश्वास गरेर कमाण्डर बनाए । प्रसाईंसँगै रविन्द्र मिश्र, धवलशम्शेर राणाहरूलाई पछाडि लगाइदिए । जसको परिणाम शुक्रबार तीनकुनेमा हिंसा भएको छ । पत्रकारलाई कोठामा थुनेर ताला लगाइदिएर जलाउनेदेखि, लुटपाट, कुटपिट, सुरक्षाकर्मीमाथि आक्रणम, सञ्चारमाध्यमका कार्यालयमा आक्रमण, निजी र सरकारी घर सम्पत्तिमा आगजनी, तोडफोडका गतिविधि भएका छन् ।
संयाग नै मान्नुपर्छ । राजा वीरेन्द्रको वंश नाश शुक्रबारको दिन भएको थियो । ज्ञानेन्द्रको निर्देशनमा उनका मतियारहरूले तीनकुने र आसपासको क्षेत्रमा शुक्रबार कै दिन हिंसा गरेका छन् । दुई जनाको ज्यान लिएका छन् ।
ज्ञानेन्द्रलाई शुक्रबारको दिन निकै मन पर्छ । सोही कारण उनले जे गर्छन् शुक्रबारकै दिन गर्छन् । ज्ञानेन्द्रले शुक्रबारका दिन धेरै शुभकार्यहरू गर्ने गरेको मतियारहरूले बताउने गरेका छन् । यस पटकको शुक्रबारले ज्ञानेन्द्रलाई क्षति गरेको छ । तीनकुनेको हिंसा गराउन उकास्ने ज्ञानेन्द्रलाई राज्यले दिएका अधिकारहरू खोसिएका छन् । केही खोसिने क्रममा छन् । ज्ञानेन्द्रले विश्वास गरेका कमाण्डर प्रसाईं फरार भएका छन् । प्रसाईंका अगाडि पछाडि लाग्ने केही मतियारहरू पक्राउ परेका छन् । केही मतियारहरू प्रसाईंसँग फरार भइ भूमिगत भएका छन् ।
केही मतियारहरूले ‘गल्ती भयो, मलाई बचाइदिनुस्’ भनेर एमाले, कांग्रेससहितका दलका नेताहरूसँग हारगुहार गरिरहेका छन् । हिंसा गरेर अराजकता मच्चाउने मतियारहरूलाई कारबाही गर्न प्रहरीले धपधपी खोजी गरिरहेको छ । कसैलाई पनि उन्मुक्ति दिने पक्षमा सरकार र प्रहरी प्रशासन छैन ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया