भक्तपुरमा महिला संघको प्रशिक्षण, अध्यक्ष राउत सहभागी

काठमाडौं । नेपाल महिला संघ भक्तपुरले ‘सबल महिला सक्षम समाज’ नाराका साथ आयोजना गरेको विधान सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरमा शनिबार सम्पन्न कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले प्रशिक्षण र सम्बोधन गरेकी छिन् । अध्यक्ष राउतले महिला संघको अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छिन् ।
प्रशिक्षणमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा महिला संघको अधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।
कार्यक्रममा महिला नेतृहरूको उपस्थिति रहेको थियो । महिला संघको अधिवेशन आउन लागेका बेला भक्तपुरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
Published : Sunday, 2025 March 30, 12:48 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया