उदयपुरमा ९ सय किलो गाँजा बरामद

गाईघाट । उदयपुर जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

बेलका नगरपालिका–६ असारे मूर्ति खोलाको किनारस्थित बनमारा झाडीबाट करिब ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा शनिबार बेलुकी प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम डुडखोलाबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो ।

Published : Sunday, 2025 March 30, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया