इदले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले इद–उल–फित्र पर्वको अवसरमा शुभकामना दिएका छन् ।
सोमबार तरुण दलका अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गर्दै भने, ‘इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद–उल–फित्रको शुभ उपलक्ष्यमा देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु ।’
उनले भने, ‘हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–भेषभूषाको संरक्षण गरेको छ ।’
‘इद जस्तो पवित्र पर्वले सबै नेपालीलाई एकताको भावनामा समेटेको छ’, उनले भने, ‘नेपालको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन यस पर्वले महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया