मेलबर्नमा आठौं ‘विस्व नेवा दिवस’ सम्पन्न

मेलबर्न । मेलबर्नको फुटस्क्रे पार्कमा नेवा गुठी मेलबर्नको पहलमा आठौं ‘विस्व नेवा दिवस’ कार्यक्रम मनाइएको छ ।
केटाकेटीहरूको लागि खेल र धिमे बाजामा नाच गानसहित मनाइएको उक्त कार्यक्रममा नेपाल फेस्टिबल मेलबर्न २०२५ मा नेवा गुठी मेलबर्नको तर्फबाट सकृय सहभागिता जनाउनेहरुलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत निराजन गौलीले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेको छ ।
भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत गौलीले नेवा संस्कृतिको महत्वमाथि प्रकाश पार्दै मेलबर्नमा बढ्दो नेवा संस्कृतिका कार्यक्रमहरूको चर्चा र प्रसंशा गरेका छन् ।
लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतमा करीब डेढ दशक अघि वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्व.सत्यमोहन जोशी, स्व.पदमरत्न तुलाधर लगायत नेवार समुदायका दीग्गज र प्रबुद्ध व्यक्तित्वहरूको उपस्थितिमा नेवार समुदायको ऐतिहासिक भेलाले विस्वभरी छरिएर रहेका नेवार समुदायलाई समेट्ने संस्थाको जन्म भएको र २०१८ को मार्चको पछिल्लो शनिवारलाई ‘विस्व नेवा दिवस’ मनाउन थालेपस्चात यो दिवसको ईतिहास शुरु भएको बताए ।
श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्टिकोणले विश्वमा नै धनी देशको रुपमा परिचित नेपालमा सांस्कृतिक रुपमा अत्यन्तै धनी नेवार समुदायको रन्जना लिपीलाई नेपालको आफ्नोपनको रुपमा देखाएका आधारमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिन सहज भएको बताउँदै रन्जना लिपीको एप पनि बनिसकेको जानकारी दिए ।
रशना रजकद्वारा सञ्चालित तथा नेवा गुठी मेलबर्नका सचिब सुशान्त डंगोलद्वारा स्वागत मन्तब्यबाट शुरु गरिएको औपचारिक कार्यक्रम ८० वर्षीया दिलमाया श्रेष्ठ (कान्छी)को सभापतित्वमा भएको थियो । दिदी–बहिनी समाज भिक्टोरियाको अध्यक्ष रोशनी श्रेष्ठ लगायत बिभिन्न सामुदायिक अग्रजहरूको उपस्थिमा भएको उक्त कार्यक्रमको समापन संस्थाका अध्यक्ष माया सुवालको धन्यवाद मन्तब्यबाट भएको थियो ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया