महानगरमा बबाल गराएर बालेन टापकसे, पहिलो पटक विद्रोह, चेपुवामा पाण्डे

काठमाडौं । सामाजिक सञ्जालमा लोकप्रिय मानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरपालिकाको कार्यालयमा भिडन्त गराएर लस्सी पिउन काभ्रेतिर गएका छन् ।

बिहीबार कमलादीस्थित महानगरपालिकाको कार्यालयमा बालेनको आदेशमा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्ने प््रयास गरेका थिए । त्यसको प्रतिवादनमा उपमेयर सुनिता डङ्गोलसहितका कर्मचारीहरूले प्रतिवाद गरेका छन् ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा खटिएका प्रहरीले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई अबरोधको प्रयास भएको थियो । गुरागाईंले ३ महिनापछि आफ्नो कार्यकक्षमा प्रवेश गरेर हाजिरी गरेका छन् ।

गुरागाईंलाई प्रवेशमा रोक्न खोजिँदा जनप्रतिनिधि–कर्मचारी एकतिर र महानगर प्रहरी अर्कोतिर ठेलमठेलको अवस्था बन्यो ।

बालेनले काठमाडौं महानगरपालिकाको कार्यालयमा भिडन्त गराएर आफूभने सुटुक्क हिँडेका थिए । बालेन आफ्ना केही साथीहरूसँग काभ्रे जिल्लाको पाँचखाल पुगेका थिए । बालेनले पाँचखाल केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिएर रमाइलो गरेका छन् ।

बालेनले एकहप्ता अगाडि आफ्ना कर्मचारीले तलब खान नपाए सबैलाई ‘टुकुचामा गाड्ने’ चेतावनीपूर्ण स्टाटस फेसबुकमा लेखेका थिए । फेसबुकमा उत्तेजक स्टाटसहरूले लेखेर आक्रोश पोख्दै आएका बालेनले काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न नसकेको आरोप लागेको छ ।

बिहीबारको घटनापछि मेयर बालेनविरुद्ध काठमाडौं महानगरपालिकाभित्र विद्रोह भएको छ । बालेनलाई धक्का लागेको छ । बालेनको मात्रै आदेश मान्ने महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई समस्या भएको छ । मेयरको आदेश मान्ने की कसको आदेश मान्ने दोहोरो चेपुवामा पाण्डे परेका छन् ।

Published : Friday, 2025 April 4, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया