तीनकुने हिंसाको घटनाका दोषीहरू उपर छानविन गरी कारवाही अघि बढाउन सरकारलाई निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरूले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति खेद प्रकट गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीनकुने हिंसाको घटनाका दोषीहरू उपर आवश्यक छानविन गरी कानूनी कारवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति रामहरि खतिवडाले बताएका छन् ।
बैठकको निर्णयबारे सभापति खतिवडाले भने, ‘काठमाडौंको तीनकुने र आसपासको स्थानमा अब आइन्दा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।’
‘चैत्र १५ गते घटेको उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरूमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ’, सभापति खतिवडाले भनेका छन् ।
समितिको निर्णयमा भनिएको छ, ‘आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवम् संविधान, कानून एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि वढ्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।’
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ’, समितिले निर्देशन दिँदै भनेको छ ।
समितिले गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल लगायतसँग घटनाका विषयमा जानकारी माग गरेको थियो । गृहमन्त्री लेखकले घटना आपराधिक रहेको र भिडको नेतृत्व गरेका मानिसहरूले आक्रमण गर्न आदेश दिएर उत्तेजित बनाएको बताए ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया