लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशाना सञ्चारजगत रहन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गरेर लोकतन्त्र मास्न खोज्नेहरूले सधैं सञ्चारजगतमा आक्रमण गर्ने गरेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशाना सञ्चारजगत रहन्छ । यो आजको कुरा होइन यो मैले पहिले पनि भन्ने गरेको छु ।’

‘यो देशमा जबजब लोकतन्त्रलाई समाप्त गर्ने प्रयत्न भएका छन् । कामहरू भएका छन्’, उनले भने ।

‘निरंकुशता चेतनाले चिन्तनले यो देशमा कु गर्ने काम भएको छ’, गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा पहिला सञ्चारजगतमा सेना पुगेको छ । प्रहरी पुगेको छ । निशाना सञ्चारगृह हुन्छ ।’

‘किन भने लोकतन्त्रको अभिन्न अंग सञ्चारगृह हो । सञ्चारगृहमा आक्रमण भएका छन्’, लेखकले भने, ‘त्यसैले पनि यो लोकतन्त्र विरोधी गतिविधि हो भन्ने पुष्टि गरेको छ ।’

Published : Friday, 2025 April 4, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया