नेपाल-भारत प्रधानमन्त्रीबीच भेट, मोदीले नै भने- भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ

बैंकक । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा ओली र मोदीबीच झण्डै आधा घण्टा वान–अन–वान भेटवार्ता भएको हो । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ ।’
‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा ।’
‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।
परराष्ट्रमन्त्री डा.आरजु राणाले प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको बताएकी छिन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ताका लागि परराष्ट्रमन्त्री डा.राणाले कुटनीतिक पहल गरेकी थिइन् । सोही कारण दुई देशका प्रधानमन्त्रीबीच झण्डै आधा घण्टा वान टू वान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबीच भेटवार्ता सम्पन्न भयो ।’
‘उहाँहरूबीचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो’, रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा (वान–अन–वान) भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुशी व्यक्त गर्नु भएको छ ।’
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता हुँदैन भनेर विभिन्न स्क्याण्डलहरू फैलाइएका थिए । नेपाल र भारत दुई पुराना छिमेकी हुन् । दुई देशबीच संस्कृतिक र सामाजिक सम्बन्ध रहि आएको छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया