प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाद्वारा थाइल्याण्डस्थित नेपाली राजदूतावासको अवलोकन

बैंकक । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणाले थाइल्याण्डस्थित नेपाली राजदूतावासको अवलोकन गरेका छन् ।
शुक्रबार बैंककको प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकनका क्रममा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक भएको बताए । उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन पनि सफल भएको बताएका छन् ।
ओलीले शिखर सम्मेलन सफल भएको बताए । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहाँसमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो ।
प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको बताएका छन् ।
ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गरेका छन् । आगामी दिनमा राजदूतावासका लागि थप पूर्वाधार विकास गर्नुपर्ने ओलीले बताएका छन् ।
भ्रमण दलमा रहेकी प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गरेका छन् ।
भ्रमण दललाई स्वागत गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया