शिक्षकहरूको माग सम्बोधन गर्न कांग्रेस नेता बस्नेतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जीतजंग बस्नेतले आन्दोलनरत शिक्षकहरूको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले शिक्षकहरूको मागको सुनुवाई गरी शिक्षकहरूलाई सडकबाट तत्काल फिर्ता हुने वातावरण बनाउन आग्रह गरेका छन् । उनले भने, ‘विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायत विभिन्न माग राख्दै केही दिन देखि शिक्षकहरु सडक आन्दोलन छन समाजलाई नै सकारात्मक बाटोमा डोर्‍याउने एक बौद्धिक बर्ग आफै पटक पटक सडकमा आउनपर्ने वातावरण निर्माण हुनु उचित होइन ।’

‘सडकका जायज मागको आत्मसात गरि तत्काल सम्बोधन हुन सक्ने तत्काल सम्बोधन गरी तत्काल सम्बोधन हुन नसक्ने सम्बोधन हुने सुनिश्चितता गर्दै शिक्षकहरूलाई जति सक्दो सक्दो चाँडो बिद्यालय फर्कने वातावरण निर्माणका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षको ध्यानाकर्षण गर्दछु ।’

शिक्षकहरू विभिन्न माग राखेर काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । नयाँ शैक्षिकसत्र शुरु हुन लागेको र विद्यार्थी भर्ना खुलिसकेको अवस्थामा शिक्षकहरू सरकारसँग वार्तामा समेत बस्न नमानेर सडक आन्दोलन गरिरहेका छन् ।

Published : Saturday, 2025 April 5, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया