मेलबर्नमा नेपाललाई ग्लोबल खुल्ला ताईक्वाण्डोमा दुई रजत पदक

मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा आयोजना भइरहको पाचौं ग्लोबल खुल्ला ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका सस्मन बस्नेत तथा गयाजी खड्काले दुई रजत पदक जितेका छन् ।

अप्रिल ५ र ६ तारिकमा मेलबर्नमा प्रतियोगिता भएको थियो । सस्मन बस्नेतले थर्ड डिग्री व्यक्तिगत प्याट्रनमा अस्ट्रेलियन खेलाडी क्रिस्टोफर स्ट्रीटलाई सेमीफाइनलमा पराजित गरेका थिए । अस्ट्रेलियाकै खेलाडी जोन वुलरसंग फाइनलमा उनी पराजित भएका थिए । व्यक्तिगत स्पाइरिङ्ग एडल्ट ७५ केजीमा अस्ट्रेलियाकै आर्चर वोलरसंग पहिलो खेलमै पराजित भए ।

गायजी खड्काले व्यक्तिगत स्पाइरिङ्गतर्फ एडल्ट ५५ केजीमा फाइनल खेलमा न्यूजील्याण्डका रामीन तोभाकोलिबसंग पराजित भई रजत पदकमा चित्त बुझाउनु परेको छ ।

फोर्थ डिग्री व्यक्तिगत प्याट्रनमा सिंगापुरका क्वि झाओसंग पहिलो खेलमै पराजित भए पनि समग्रमा खेलाडीहरूले सन्तोषजनक प्रदर्शन गरेको ताईक्वाण्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा टीम कोच मास्टर लक्ष्मण बस्नेतले बताए ।

प्रतियोगितामा टीम व्यवस्थापकमा रोजन पण्डित र सस्मिनी बस्नेत पण्डितले अम्पायरको भूमिका निभायकी थिइन् । उनले सन् २०२३ मा नेदरल्याण्डमा आयोजना भएको विश्व प्रतियोगिता तथा सन् २०२४ मा चीनमा आयोजना भएको एशियन खुल्ला ताईक्वाण्डो प्रतियोगिता लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल अम्पायरको भूमिका निभाई सकेकी छिन् ।

सस्मन बस्नेतले सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको एशियन ताईक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् ।

गयाजी खड्काले पनि सन् २०२४ मा चीनमा आयोजना भएको एशियन ओपन अन्तर्राष्ट्रिय ताईक्वाण्डो प्रतियोगितामा नेपालको लागि रजत पदक जितेका थिए । सन् २०२३ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको तेश्रो ग्लोबल ओपन ताईक्वाण्डो प्रतियोगितामा समेत रजत पदक जितेका थिए ।

सस्मन बस्नेत र सस्मिनी बस्नेत पण्डित मास्टर लक्ष्मण बस्नेतको छोरा र छोरी हुन् । संयोग नै होला बाबु टिम कोच, छोरी अम्पायर र छोरा खेलाडी भई अन्तर्राष्ट्रिय एरिनामा सहभागी भई सफलता हासिल गरेका छन् ।

Published : Saturday, 2025 April 5, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया