राप्रपा–राजावादीहरूका समर्थकद्वारा वीपी कोइरालाको शालिकमा कालोमोसो र तोडफोड प्रयास

काठमाडौं । नेपालगञ्जमा वीपी कोइरालाको शालिकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले कालोमोसो दलेका छन् ।
शनिबार राति बाँकेको नेपालगञ्ज बजारमा रहेको वीपी कोइरालाको शालिकमा राप्रपा र राजावादीहरूको समूहले कालोमोसो दलेर उदण्डता देखाएका हुन् ।
वीपी चोकमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका वीपीको शालिकमा राप्रपा र राजावादीहरू समूहले कालोमोसो दल्नुका साथै कालो कपडाले छोपिदिएका छन् ।
नेपाली कांग्रेस बाँकेका अनुसार वीपी कोइरालाको शालिकमा तोडफोडको प्रयास समेत भएको छ । कांग्रेसले वीपी कोइरालाको शालिकमा उत्तेजक, आपराधिक हर्कत गर्ने व्यक्ति, समूहको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
राप्रपाका महामन्त्री धवलशम्शेर राणाका समर्थकहरूले शनिबार राति राँके जुलुस निकालेका थिए । उनीहरूले वीपी कोइरालाको शालिकमा कालोमोसो दलेर कालो कपडलो छोपेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद समेत रहेका राप्रपाका महामन्त्री राणा तीनकुने हिंसाको घटनामा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया