शल्यक्रियापछि घरमा आराम गरिरहेका खड्काको स्वास्थ्य अवस्थाको सभापति देउवाले जानकारी लिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शल्यक्रिया गरेर आराम गरिरहेका उपसभापति पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

आइतबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको गल्फुटारस्थित खड्काको निवासमा पुगेर सभापति देउवाले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

उपसभापति खड्काले केही दिन अगाडि पाईल्सको शल्यक्रिया गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएका खड्काले निवासमै आराम गरिरहेका छन् ।

Published : Sunday, 2025 April 6, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया