संगठित अपराध र सहकारी ठग प्रकरणमा लामिछाने कारागार चलान

काठमाडौं । संगठित अपराध र सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई भैरहवा कारागार पठाएको रुपन्देही प्रहरीका प्रमुख (एसपी) रञ्जितसिंह राठौरले बताए ।
अर्को आदेश नआउँदासम्म लामिछाने जिल्ला कारागार भैरहवा, रुपन्देहीमा रहनेछन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगका अभियुक्त लामिछानेलाई थुनामा राख्ने आदेश दिएको थियो । लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
लामिछानेकै जस्तो सहकारी ठगी र संगठित अपराधमा भैरहवा कारागारमा पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
लामिछानेविरुद्ध अदालतले १ करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको स्थानीय पत्रकारहरूलाई कारागार प्रशासक सुरेश भण्डारीले बताएका छन् । ४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखिएको छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया