नन्दबहादुरले कम्युनिस्ट पारा देखाए, राज्यको सुविधा फिर्ता गर्न सुझाव

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो पदीय हैसियत र जिम्मेवारीलाई भुलेर माओवादी केन्द्रको उपाध्यक्ष बनेका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् । चैत्र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको सचिव लीलामणि पोख्रेलले बताएका छन् ।
माओवादी केन्द्रले यसअघि नै पुनलाई उत्पादन व्यूरो इञ्चार्जको जिम्मेवारी दिएको थियो । पुन पार्टीका हरेक बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका छन् ।
पुन २०७२ सालदेखि २०७९ सम्म उपराष्ट्रपति भएका थिए । राजनीतिमा फर्किएपछि राज्यले दिएको सेवा सुविधालाई पुनले फिर्ता गर्छन् वा गर्दैनन् हेर्न बाँकी छ । सामाजिक सञ्जालमा पुनले राज्यबाट पूर्वउपराष्ट्रपतिको हैसियतमा पाएको सेवा सुविधाहरू सबै फिर्ता गर्नुपर्ने माग उठेको छ ।
कम्युनिस्टहरूले संवैधानिक मर्यादा र आचरणलाई अनुशरण गर्न सक्दैनन् भन्ने कुरा पूर्वउपराष्ट्रपति पुनले देखाइदिएका छन् ।
उता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेको राजनीतिमा फर्किएकी छिन् । औपचारिक रुपमा भण्डारीले एमालेको जिम्मेवारी नलिए पनि एमालेका कार्यक्रमहरूमा भाग लिएर सम्बोधन गर्दै आएकी छिन् ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया