असई शेर्पाले सगरमाथा आरोहण गर्ने, आईजीपी थापाद्वारा ब्यानर हस्तान्तरण

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लागेकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरेका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयमा नक्सालमा आयोजित कार्यक्रममा असई शेर्पालाई आईजीपी थापाले लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गरेका हुन् । असई शेर्पा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत छिन् ।
आईजीपी थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरेका छन् ।
आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई थापाले कृतज्ञता व्यक्त गरेका छन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया