तीन सुरक्षा निकायका प्रमुखहरूको नक्सालमा बैठक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको केही समयपछि नेपाल प्रहरीका प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको बैठक बसेको छ ।
सोमबार काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरूको बैठक बसेको हो ।
राप्रपा र राजावादीहरूको मंगलकार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन हुन लागेको छ । समग्र शान्ति सुरक्षा र त्यसको समीक्षा गर्न तीन सुरक्षा अंगका प्रमुखसहित उच्च अधिकारीहरूको बैठक बसेको हो ।
सामुदायिक विद्यालयका शिक्षकहरूले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । जनमोर्चा नेपालले पनि आन्दोलन शुरु गरेको छ ।
आन्दोलनहरू काठमाडौं केन्द्रित भएको र शान्ति सुरक्षा लगायतको समक्षा गर्न सुरक्षा निकायका प्रमुखहरूको बैठकमा समीक्षा भएको स्रोतले जनाएको छ । बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा निकायका प्रमुखहरूको पनि उस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया