प्रसाईंकै शैलीमा ज्ञानबहादुरको उत्तेजक अभिव्यक्ति, तीनकुनेका भिजलान्तेले हर्कत गर्न सक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने हिंसाका नाइके दुर्गा प्रसाईंकै शैलीमा सामाजिक सञ्जालबाट उत्तेजक अभिव्यक्ति दिएका छन् ।

सोमबार साँझ फेसबुक लाईभका क्रममा उनले लेखेका छन्, ‘भोलि २६ गते राष्ट्रिय झन्डासहित बल्खुमा सबै सहभागी बनौँ । भर्खरै हामी र काठमाडौं प्रहरी प्रमुखले कार्यक्रमस्थल अनुगमन गरिरसकेका छौं ।’

‘कार्यक्रम शान्तिपूर्ण हुनेछ तर भ्रष्टाचारी सरकार डराएको छ । आजै बालुवाटारमा र नक्सालमा तीन सुरक्षा प्रमुखको बैठक बसेको छ’, शाहीले भने, ‘डराएको बेला नै भ्रष्टाचारीलाई पेलेरै अन्त्य गर्ने हो त्यसैले राष्ट्रिय झण्डासहित सबै उपस्थित हुन हार्दिक अपील अनुरोध गर्दछु ।’

राप्रपाका अन्य नेताहरू नरम छन् । शान्तिपूर्ण अभिव्यक्तिहरू दिइरहेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले समेत शान्तिपूर्ण अभिव्यक्ति दिएका छन् । आफ्नो आन्दोलनका कार्यक्रमहरू शान्तिपूर्ण हुने र उपस्थितिका लागि नम्र स्वरमा अपील गरेका छन् ।

प्रमुख सचेतक शाहीलाई के भ्रम छभने बल्खुमा हुन लागेको राप्रपाको प्रदर्शनमा आफ्नो लोकप्रियता र व्यक्तिगत कारणले मानिसहरू उपस्थित हुन लागेको भ्रम पालेर बसेका छन् । प्रदर्शनको जस शाही एक्लेले लिने गरेर सामाजिक सञ्जालमा लाइभ गरेर अभिव्यक्ति दिएका छन् ।

यद्यपि, राप्रपाका प्रमुख सचेतक शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने, सरकारका साथै सुरक्षा निकायलाई उक्साउने गरेर अभिव्यक्ति दिइरहेका छन् । शाहीले किन दुर्गा प्रसाईंकै पाइला पच्छ्याइरहेका छन् ? प्रश्न उठेको छ ।

मंगलकार अर्थात् आज बल्खुमा हुन लागेको राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईंले पनि आफ्ना समर्थकहरूलाई उपस्थित हुन निर्देशन दिइसकेका छन् । सामाजिक सञ्जालमार्फत प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएका छन् ।

बल्खुमा पनि शाही र प्रसाईंका समर्थकहरूका कारण हिंसात्मक गतिविधि हुने हो की भनेर आशंका उब्जिएको छ । सुरक्षा निकायले शाहीका उत्तेजक अभिव्यक्तिप्रति ध्यान दिएको हुनुपर्छ ।

प्रसाईंको आन्दोलनमा सरिक भएर लुटपाट, आगजनी, हिंसा लगायतका गतिविधिमा संलग्न मानिसहरू पनि बल्खुमा राप्रपाको प्रदर्शनमा उपस्थित भएर भिजलान्तेको हर्कत गर्न सक्ने सम्भावना पनि छ ।

Published : Tuesday, 2025 April 8, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया