राप्रपाको आन्दोलनलाई ध्यानमा राखेर प्रहरीले बनायो डाइभर्सन प्वाइन्ट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनको कार्यक्रमलाई ध्यानमा राखेर प्रहरीले बल्खु चोकलाई केन्द्रित बनाइ विभिन्न स्थानमा डाइभर्सन प्याइन्ट बनाएको छ ।

काठमाडौं उपत्यकाभित्र मंगलबारको सवारी आवागमनलाई सहज बनाउन प्रहरीले विभिन्न स्थानमा डाइभर्सन प्वाइन्ट बनाएको जनाएको छ ।

खसीबजार, मकालु, कलंकी चोक, बाफल, बल्खु चोक, कुलेश्वर, कालीमाटी छोक, टेकु, कीर्तिपुर, सुन्दरीघाट, सानेपा र एकान्तकुना रहेका छन् ।

आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरूमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर रहेका छन् ।

Published : Tuesday, 2025 April 8, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया