खुश्बुको टिसर्टमा ‘चरी काण्ड’ छुट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा गरेको प्रदर्शनमा खुश्बु ओली सामाजिक सञ्जालमा एकाएक भाइरल बनेकी छिन् ।
मंगलबार राप्रपाले बल्खुमा राजसंस्था ल्याउन र तीनकुने हिंसात्मक आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि दवाव दिन प्रदर्शन गरेको थियो । प्रदर्शनमा खुश्बु पनि निकै फुर्तीफार्तीका साथ उपस्थिति थिइन् ।
विभिन्न नाराहरू लेखिएको सेतो टिसर्ट खुश्बुले लगाएकी थिइन् । उनको त्यो तस्बिरलाई सामाजिक सञ्जालमा राखेर ‘चरी काण्ड खोइ दिदी ?’ भनेर प्रश्न गरेका छन् ।
धादिङ स्थायी घर भइ काठमाडौंमा अपराधको सञ्जाल खडा गरेका दिनेश अधिकारी उर्फ ‘चरी’लाई प्रहरीले इन्काउन्टर गरेर मारिदिएको थियो । प्रहरीले काउन्टर गरिदिएपछि चरीको पक्षमा नाराबाजी गर्ने, प्रहरीविरुद्ध तथानाम हर्कत गर्ने, मिडियाबाजी गर्ने कार्यको नेतृत्व यिनै खुश्बुले गरेकी थिइन् । आरोप लगाउनेहरूले खुश्बुलाई चरीले अपराधबाट आर्जन गरेको अबैध सम्पत्ति कब्जा गरेर लगेकी टिप्पणी गर्ने गर्छन् ।
खुश्बु त्यस बेला चरीको गर्लफ्रेण्ड थिइन् । चरीको इन्काउन्टर भएपछि मिडियामा निकै रोएकी थिइन् । त्यसपछि विभिन्न काण्डहरूमा मुछिएकी खुश्बुलाई प्रहरीले पक्राउ गरेर हिरासतमा समेत राखेको थियो । खुश्बु त्यस बेला एमालेमा थिइन् । एमाले छाडेर राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा बोल्दै आएकी छिन् ।
खुश्बुले झापाको कनकाइ नगरपालिकाको मेयरका लागि एमालेबाट बुवालाई टिकट मागेकी थिइन् । एमाले टिकट नदिएपछि खुश्बु राप्रपामा प्रवेश गरेर उत्पात मच्चाउँदै आएकी छिन् । खुश्बु झापाबाट प्रतिनिधि सभाको निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन् । चुनाबामा खुश्बुको लज्जास्पद हार भएको थियो ।

बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया