आन्दोलनरत शिक्षकहरूसँग सम्वाद गरी समस्याको समाधान गर्न तरुण दलको आग्रह

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले शैक्षिक क्षेत्रमा उत्पन्न वर्तमान परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यथाशीघ्र वार्ता गर्न सरकारसँग अनुरोध गरेका छन् ।

मंगलबार अध्यक्ष गुरुङले प्रेस विज्ञप्ति जारी गरेर सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता एवम् सम्वादको पहल थाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष गुरुङले भने, ‘शैक्षिक क्षेत्रमा उत्पन्न वर्तमान परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत र शिक्षकहरूको मागहरूप्रति गम्भीर हुन र सोको सम्बोधन गर्न वर्तमान सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता एवम् सम्वादको पहल थाल्न नेपाल तरुण दल नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।’

Published : Tuesday, 2025 April 8, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया