सेनिटरी प्याडमा आधा करोड भ्रष्टाचार, कर्मचारीहरूविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हालप्रसाद वर्णवाल समेत पाँच जनाविरुद्ध सेनिटरी प्याड खरिदमा आर्थिक अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गराएको हो । उनीहरूले ५१ लाख ९९ हजार १२० रुपियाँ भ्रष्टाचार गरेको ठहर छ ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दीव्या सर्राफ र सागर देवी फर्मा हेटौँडा तथा फर्माका प्रोपाइटर विमलेश शाह छन् ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ५१ लाख ९९ हजार १२० रुपियाँ बिगो मागदाबी गरिएको छ ।
कलैया उपमहानगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले मिलोमतोमा आर्थिक वर्ष २०७७÷७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी आर्थिक अनियमितता गरेको पाइएको थियो ।
सेनिटरी प्याडको अस्वभाविक मूल्य प्रतिप्याकेट ७९.१ रुपियाँ कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको, आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेस गरी प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपियाँ कायम गरी ठेक्का दिएको पाइएको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपियाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपियाँका दरले ९६ हजार २८० प्याकेटमा ५१ लाख ९९ हजार १२० रुपियाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया