कांग्रेस प्रवक्ता डा.महतद्वारा छिन्नमस्ता भगवतीको दर्शन, सन्ध्याकालीन आरतिमा सहभागी

छिन्नमस्ता । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सप्तरीमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका साथै सध्याकालीन आरतिमा सहभागी भएका छन् ।

मंगलबार साँझ डा.महतले छिन्नमस्ता भगवतीको दर्शन गरेको नेपाली कांग्रेस सप्तरीले जनाएको छ । डा.महत सन्ध्याकालीन आरतिमा समेत सहभागी भएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महत तराई मधेशको हुलाकी सडक अन्तर्गतका नेता कार्यकर्तासँगको भेटघाट एवम् अन्तक्र्रिया कार्यक्रमका लागि सप्तरी आइपुगेका छन् ।

Published : Tuesday, 2025 April 8, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया