तीनकुने क्षेत्रकाे हिंसामा संलग्न दुई जना पक्राउ

काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

चैत्र १५ गते तीनकुने बक्षेत्रमा आगजनी, तोडफोड, लुटपाट गरी राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका घर भएका ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट दिन २० (बीस) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, अपीलराज बोहोराले बताए ।

Published : Tuesday, 2025 April 8, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया