वीरेन्द्रको वंश सखाप, ज्ञानेन्द्रको बच्यो, अर्काकी श्रीमती ताक्नेलाई हिन्दु चाहियाे : कांग्रेस नेता बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद जीतजंग बस्नेतले राजा वीरेन्द्र शाहको मात्रै वंश नास हुने ज्ञानेन्द्र शाहको वंश मात्रै कसरी बाँच्यो भनेर प्रश्न उठाएका छन् ।
मंगलबार भक्तपुरमा शहीद गोपालप्रसाद झा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले ज्ञानेन्द्र शाहको वंश मात्रै बच्नुमा प्रश्न उठाएका छन् । उनले तत्कालीन समयमा दरबार हत्याकाण्डको छानविनमा त्रुटि भएको बताए ।
उनले भने, ‘राजसंस्था जुन सिद्धियो, जुन दिन राजा वीरेन्द्रको वंश सखाप भयो । मलाई अहिले पनि विश्वास छैन ।’
‘एउटा केटाले गर्भ बोकेको आफ्नो भाञ्जा, भाञ्जी हुन लागेको बहिनीलाई गोली हान्छ ? एउटा बाबुको सबै सखाप हुने । अनि एउटा वंश चाहिँ रहिरहने हुन्छ त ? राजा हुन गोली हानेको हो भने मैले सबैलाई हान्छु’, उनले भने ।
‘मैले मेरो बाबुआमा, दिदीबहिनी सबैलाई गोली हान्ने । आफू चाहिँ होइन युवराज भन्न साथ छोडिदिने ? म तपाईको पक्षधर हुने भनेर । राजा हुन चाहेको भए सम्पूर्ण वंशलाई सखाप पार्ने थिएँ । त्यसमा कमीकमजोरी भएको छ । आयोगको कमीकमजोरी भएको छ’, नेता बस्नेतले भने ।
‘त्यो घटना कसले घटायो ? किन घटायो ? कसलाई फाइदा भयो ? कसलाई फाइदा भयो भने ? वंश हत्यापछि त फाइला ज्ञानेन्द्रलाई भयो । एउटा वंशको बहिनी र बुहारी त मारिएको छ नि त ? मुगुमा । रारा तालमा । हेलिकप्टरमा । त्यो वंश पनि सम्पूर्ण सखाप भयो’, उनले भने ।
कांग्रेस नेता बस्नेतले भने, ‘राजा वीरेन्द्रको हत्याको विरुद्धमा सबै जनता उत्रिएकै हो । हामीले मिलेरै जानुपर्छ भनेर बचाएको हो ।’
नेता बस्नेतले भने, ‘हामीले लोकतन्त्र ल्याएका हौँ । संसदमा ज्ञानेन्द्रबहादुर कार्की पनि छन् । त्यसैले संसदमा बोल्न पाएका छन् । ज्ञानेन्द्र शाही भन्ने छन् । संसदमा राजाको विषयमा बोल्न पाएको छ । जुम्लाबाट जित्न पाएको छ । पञ्चायती व्यवस्था भएको भए र ज्ञानेन्द्रको शासन भएको भए भाँडा माझ्न जानु पर्थ्यो । भारतमा भाँडा माझ्न जानु पर्ने थियो । अहिले सांसद बनेका छन् ।’
नेता बस्नेतले हिन्दुका विषयमा लुटेर खान पल्केका र हिन्दु धर्मबारे कुनै जानकारी नरहेकाहरूलाई हिन्दु राष्ट्र चाहिएको बताएका छन् ।
उनले भने, ‘म बिहानै शंख, घण्ट बजाउँछु । मैले मस्जिदमा पनि माताकाली देख्छु । चर्चमा पनि माताकाली देख्छु । तर, आज हिन्दु धर्म कसलाई चाहिएको छ ? अर्काको जग्गा हान्नेलाई हिन्दु धर्म चाहिएको छ । अर्काको श्रीमती ताक्नेलाई हिन्दु धर्म चाहिएको छ । क्रिश्चियन बनेर खानेलाई हिन्दु धर्म चाहिएको छ । हिन्दुको नाममा कसले आवाज उठाइरहेको छभने अर्काको सबै तस्करी गर्ने, अर्काको सम्पत्ति पाएसम्म लुट्ने, अर्काको श्रीमती पाए पनि लुट्ने । अनि यिनीहरूलाई चाहिएको छ हिन्दु धर्म ।’

‘जसलाई चाढपर्वको विषयमा थाहा छैन । एकादशीको दिन पनि मासु र भात हानिदिएको छ । एकादशी भन्ने थाहा छैन । एकादशी थाहा छैन, चाढपर्व थाहा छैन । नवरात्रि थाहा छैन । त्यस्तालाई हिन्दु धर्म चाहिएको छ । किन भने खान पाएको छ नि उनीहरूले । अनि यो ज्ञानेन्द्रलाई हिन्दु धर्म चाहिएको छ ।’
‘राजावादीलाई हिन्दु धर्म किन चाहियो भने ? मूर्ति आएको छ । ललितपुरमा हस्तान्तरण गरिएको छ । वीरेन्द्रको पालामा भूमिगत गिरोहको नाइके भनेर सूर्यबहादुर थापाले भनेको व्यक्ति ज्ञानेन्द्र शाह हो । भक्तपुरमा डीएसपी रुपकराज शर्मा नभएको भए भक्तपुरको मन्दिरबाट साविक लगिसकेको थियो । सबै उहाँलाई चाहिने । गजुर उहाँलाई चाहिने । मूर्ति उहाँलाई चाहिने । गजुर र मूति बेच्नको लागि उहाँलाई फेरि राजावादी हिन्दु धर्मसहित राजा चाहिने भयो ?’, उनले भने ।
नेता बस्नेतले ज्ञानेन्द्र शाह चरेश, कोकिन, हेरोइनको तस्करको नाइके भएको बताए । उनले भने, ‘०३६ सालेदेखिको पत्रपत्रिका हेर्ने होला । ०३६ सालदेखि जति पनि तस्करी भयो कोकिनको तस्करी, गाँजा, चरेशको ज्ञानेन्द्रले गरेको हो । नेपालबाट तस्करी हुँदै अफ्रिकन देशहरूमा जान्थ्यो । यो देशमा तस्करी गर्न फेरि ज्ञानेन्द्रलाई राजा बनाएर ल्याउने ? तस्करीको नाइके, मूर्ति चोर, गजुर चोरलाई फेरि राजा बनाउने हामीले ? हामी पछाडि फर्किने वाला छैनौं ।’
‘राजावादीहरूलाई चेतावनी दिन चाहन्छु ब्रिटेनको राजाको जस्तो हालत पनि हुन सक्छ । ब्रिटेनको राजा काटिएको हो । हामी बोलेनौ भनेर गाडी लगेर प्रहरीलाई पेल्न जाने । तथानाम बोलेका छन् । मारेका छन् । कांग्रेस सडकमा आयो भने के हालत होला ?’, उनले भने ।
‘हामीबाट पनि कमीकमजोरी भएको छ । हामीले काम पनि गरेका छौँ । देश बनाउने भनेको हामीले हो’ कांग्रेस नेता बस्नेतले भने ।
उनले भने, ‘नयाँ पार्टी आएका छन् । रवि लामिछाने की भगवान बन्नु पर्यो । बालकृष्ण खाणजी गृहमन्त्री हाइन ? घरमा प्रहरी गएकै हो । उहाँलाई थुनेकै हो । मनोज केसी भन्ने अहिले डीआईजी हुनुहुन्छ । उहाँले ढोका फोड भनेर ढोका हानेकै व्यक्ति हो । ढोका फोढेकै हो । अदालतले पक्राउ पुर्जी दिएपछि प्रहरीलाई कुन पुर्जी दिने होला ।’
‘मैले केही वकिलहरूको कुरा नबुझेको । पहिलो पटक पक्राउ गर्दा केही चार्ज छभने पक्राउ पुर्जी दिने हो । अदालतले थुनामा भनेर बोलिदिएपछि के पुर्जी चाहिने हो ?’, उनले भने ।
‘रविजीले मलाई गोली हानिदिन्छन् । मारिदिन्छन् भन्छन् । दुर्गा प्रसाईंलाई त त्यसरी गाडी लिएर किच्न आउँदा गोली हानेको छैन भने रवि लामिछानेलाई किन गोली हान्ने ? नयाँ पार्टी पनि कति भ्रष्ट हुँदा रहेछन् भन्ने कुराको प्रष्ट देखिएको छ । सहकारी ठग । दुई वटा नागरिकता र पासपोर्ट लिन पाइन्छ ? मैले लिँदा म जेल जानुपर्ने । नयाँ पार्टी पनि सुध्रिनु पर्छ’, नेता बस्नेतले भनेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रतिनिधि सभाका सांसद दुर्लभ थापा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया