जहाजको बिजनेस क्लासमा बसेका यात्रुले पिसाब फेरे

नयाँ दिल्ली । एअर इन्डियाको उडान एआई २३३६ को बिजनेस क्लासमा एक पुरुष यात्रुले निजी कम्पनीका एक वरिष्ठ अधिकारीमाथि पिसाब फेरेका छन् ।
एअर इन्डियाले घटनाको पुष्टि गर्दै चालक दलले पीडित यात्रुलाई उजुरी दर्ता गर्न मद्दत गर्ने प्रस्ताव गरेको तरm उनले नमानेको बताएको छ ।
घटना बैंककमा विमान अवतरण गर्ने क्रममा भएको थियो । पिसाब फेरेका यात्रुले पीडितसँग माफी मागेका थिए ।
एअर इन्डियाका प्रवक्ताले भने, ‘एयर इन्डियाले पुष्टि गर्छ कि ९ अप्रिलमा दिल्लीबाट बैंककको उडान एआई २३३६ नियन्त्रण गर्ने क्याबिन क्रुलाई एक अनियन्त्रित यात्रुको व्यवहारबारे जानकारी गराइएको थियो ।’
‘चालक दलले सबै निर्धारित प्रक्रिया पालना ग¥यो र यो कुरा अधिकारीहरूलाई रिपोर्ट गरिएको छ’, एयर इण्डियाले भनेको छ ।
एअर इन्डियाको उडानमा यात्रुले पिसाब फेरेको यो पहिलो घटना होइन । नोभेम्बर २०२२ मा पनि यस्तै एउटा घटना सार्वजनिक भएको थियो ।
त्यतिबेला शंकर मिश्रा नामका यात्रुले एअर इन्डियाको न्युयोर्क–दिल्ली उडानमा एक महिला यात्रुमाथि पिसाब फेरेका थिए ।
ती व्यक्तिले यात्राका क्रममा चारपटक रक्सी खाएका थिए । मिश्रालाई जनवरी ४ मा बेंगलुरुबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया