राजश्वमा प्रतिकूल प्रभाव परेको छ, निजी क्षेत्रकाे सहयाेग हुनुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ साधारणमा अध्यक्ष ढकालले सरकारको राजश्वमा पनि प्रतिकूल प्रभाव परेको बताए । उनले भने, ‘यो सबैलाई जानकारी छ । अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने मलाई लागेको छ ।’
‘स्रोतका लागि एकले अर्काको मुख ताक्ने काम कम गर्नुपर्छ । हामीले योजना ल्याऔँ, आफै मिलेर हामी कसरी काम गर्न सक्छौ, त्यसमा छलफल गरौं’, अध्यक्ष ढकालले भने ।
‘स्थानीय र प्रदेश सरकारसंग सहकार्यका अवसर खोजौँ । अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन’, उनले भने ।
‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म हाम्रा संस्थाहरूलाई कसरी प्रभावकारी बनाउनेबारे अध्ययन बहस गरौँ’, उनले भने, ‘हामीले पनि केही रणनीतिक योजना बनाएका छौं । नवीन सोँच केन्द्र सबै तहमा आवश्यक छ ।’
‘म आग्रह गर्छु, निजी क्षेत्रको सम्मान, समृद्धिको आधार नारालाई सबैले मनन गरौ । किनभने ८६ प्रतिशत रोजगारी दिने क्षेत्रको निरन्तर मानमर्दन हुन्छ’, ढकालले भने ।
‘८० प्रतिशतभन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्उने निजी क्षेत्र निरन्तर अपहेलित छ’, उनले भने ।
‘८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र निरन्तर जोखिममा छ’, उनले भने, ‘९८ प्रतिशत निर्यात गर्ने निजी क्षेत्र निरन्तर अपमानित छ ।’
‘हामी जोखिम लिन्छौं, सर्वस्व लगानी गर्छौ, राजश्व र रोजगारीमा निरन्तरको योगदान र पनि सधै असुरक्षित हुनुपर्छ भने हामी कसरी मनोबल जुटाउने’, उनले भने, ‘त्यसैले हामीले सुरक्षाको बिषय उठाएका हौं । सम्मानको बिषय उठाएका हौँ ।’
‘मर्यादाक्रमको बिषय उठाएका हौं । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सदभाव चाहिएको हो’, उनले भने ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू यस बिषयमा सकारात्मक हुनु भएको हुँदा म उत्साहित छु’, अध्यक्ष ढकालले भने, ‘हामीले यो पनि बुझेका छौँ । हामी सम्मानित हुन अरुको पनि सम्मान गर्नुपर्छ ।’
उनले भने, ‘उपभोक्ता र अन्य सरोकारवालाप्रति हामी सचेत र जिम्मेवार हुनुपर्छ । हामीले यी बिषय राखि रहँदा सत्प्रयास गर्नेहरुप्रति आभार पनि व्यक्त गर्नुपर्छ ।’
‘सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सरकारले हाम्रो आग्रहमा करिब ३५ वटा कानुनमा सुधार गर्नुभयो । द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको छ । पारदर्शिता र जवाफदेहीताका लागि हाम्रो आग्रहमा उत्पत्तिको प्रमाण पत्रलाई पूरै अनलाइन बनाउने निर्णय वाणिज्य मन्त्रालयले गरेको छ’, ढकालले भने ।
‘नेपाल प्रवर्द्धनका लागि विदेशमा हामीले आयोजना गर्ने कार्यक्रममा सहजीकरण भैरहेको छ’, उनले भने, ‘हाम्रो आग्रहमा नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग बनेको छ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया