विदेशबाट आउँदै गर्दा विन्दु परियार पक्राउ

काठमाडौं । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी ३० वर्षीया विन्दु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी गोरखाको गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग घर भएकी परियारलाई शनिबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसूर मुद्दामा संलग्न रही फरार रहेकी परियारलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते परियारविरूद्ध रेड नोटिस जारी भएको थियो ।

परियारलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Sunday, 2025 April 13, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया