काठमाडौंमा कुकुर, बिरालो पाल्दा दर्ता गरी माइक्रोचिप राख्नुपर्ने

काठमाडौं । कुकुर र बिरालोलाई दर्ता गराइ माइक्रोचिप राखेर पाल्नुपर्ने काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर, बिरालो दर्ताबिना पाल्न पाइनेछैन । महानगरले मंगलबार सूचना जारी गरेर कुकुर, बिराला पाल्नेहरूले सम्बन्धित वडामा दर्ता गराएर मात्रै पाल्न आग्रह गरेको छ ।
महानगरभित्र कुकुर बिरालो बिक्री वितरण गर्नेले पनि अनिवार्यरुपमा माइक्रोचिपिङ गनुपर्नेछ ।
‘काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु, गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
Published : Tuesday, 2025 April 15, 6:31 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया