परराष्ट्रमन्त्री डा.राणा सिन्धुपाल्चोक जाने

काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्वारा नव निर्मित तातोपानीको भवनको उद्घाटन गर्ने भएकी छिन् ।

वैशाख ५ गते शुक्रबार ११ बजे परराष्ट्रमन्त्री डा.राणाले नव निर्मित धार्मिक धरोहर तातोपानी धाराको स्नान गृह भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले बताए ।

भोटेकोशी गाउँपालिकाको वडा नं. २ तातोपानी धारा प्राङ्गणमा स्नान गृह भवन निर्माण बनेको छ । सो भवनको डा.राणाले उद्घाटन गर्नेछिन् ।

पर्यटन र धार्मिक धरोहरका रुपमा रहेको तातोपानी धारालाई कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतको पहलमा संरक्षरण र भौतिक संरचनाहरू निर्माण हुँदै आएका छन् ।

Published : Wednesday, 2025 April 16, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया