नेपालमा बिक्री सुरु, सामसङ ग्यालेक्सी एस २५ अल्ट्राको मूल्य कति ?

काठमाडौं । सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ ।

ग्यालेक्सी एस २५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको हो । नयाँ भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा उपलब्ध छ ।

सामसङको एआई–फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीले जनाएको छ ।

स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन् ।

टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य दुई लाख ३४ हजार ९९९ रुपियाँ तोकिएको छ । यसमा १२ जीबी ¥याम पाइनेछ ।

सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपियाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ ।

Published : Wednesday, 2025 April 16, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया