ओली-देउवासहित मन्त्रीहरूका साथै कांग्रेस र एमालेका नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूसहितका मन्त्री रहेको संयन्त्रको बैठक बसेको हो । बैठकमा सरकारको कामकारबाही र समग्र राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली, एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा, गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका विरुद्ध अनावश्यक प्रचारवाजी गरेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया